प्रतिकात्मक तस्बिर
गोरखा । गोरखा प्रहरीले लागु औषध सहित चितवनका १ जना पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन जिल्ला, ईच्छाकामना गाउँपालिका–६ जलबिरे घर भएका २९ बर्षका नविन गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिए ।
गुरुङलाई आइतबार बिहान ९ः४५ बजेको समयमा गोरखा नगरपालिका–१३ को मझुवा देउरालीबाट पक्राउ गरिएको हो ।
गोरखा बजारबाट आँबुखैरेनी तर्फ जादै गरेको अवस्थामा ना. ३३ प ९०२१ नम्बरको स्कुटरलाई रोकी चेक जाँच गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय गोरखा र प्रहरी चौकी मझुवा देउरालीको संयुत्त प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको सूचना अधिकारी शर्माले बताए ।
गुरुङले स्कुटरमा लिएर हिडेको अवस्थामा ट्रामाडोल नामक लागु औषध ३४ पत्ता (३४० क्याम्सुल) फेला परेको पनि सूचना अधिकारी शर्माले जानकारी दिए ।
पक्राउ परेका गुरुङ बिरुद्व लागु औषध शिर्षकमा मुद्दा दर्ता गरिएको छ । उनलाई गोरखा जिल्ला अदालत ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको पनि उनले बताए ।


