काठमाडौं । साताकाे पहिलाे दिन आज नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ घटेकाे छ ।
सुनकाे भाउ गत हप्ताकाे शुक्रबारकाे तुलनामा प्रतितोला १ हजार १०० रुपैयाँले घटेर ताेलाकाे १ लाख ९३ हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गएकाे शुक्रबार सुनकाे भाउ ताेलाकाे १ लाख ९४ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ सगै आज चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी गएकाे शुक्रबार तुलनामा ताेलामा ५० रुपैयाँले घटेर ताेलाकाे २ हजार २९० रुपैयाँ काराेबार भएकाे महासंघले जनाएकाे छ । गएकाे शुक्रबार चाँदी ताेलाकाे २ हजार ३४० रुपैयाँमा काराेबार भएकाे थियाे ।



