गोरखा । डिभिजन बन कार्यालय गोरखाले गएको आर्थिक बर्षमा विभिन्न जातका ४३ हजार बोट बिरुवा निःशुल्क बितरण गरेको छ ।
डिभिजन अन्तरर्गत रहेका ३ बटा नर्सरीबाट उक्त संख्याका बोट बिरुवा बितरण गरिएको हो ।
डिभिजन प्रमुख मदनमोहन शाण्डिल्यका अनुसार गोरखकाली, पालुङटार र गण्डकी सव डिभिजन बन कार्यालय अन्तर्गत रहेका नर्सरीहरुबाट निःशुल्क रुपमा बोट बिरुवा बितरण गरिएको हो ।
‘जिल्लाको तिन स्थानमा रहेका नर्सरीहरुले उत्पादन गरेको बोट बिरुवा माग अनुसार निःशुल्क बितरण गरिएको हो’ उनले भने ‘यो बर्ष माग धान्ने गरी नर्सरीहरुमा बिरुवा उत्पादन गरिएको थियो ।’
गोरखा नगरपालिका–१३ को तिनकिलो, पालुङटारको ठाँटीपोखरी बन कार्यालय र गण्डकीको सिउरेनीटारमा रहेको नर्सरीबाट ४० हजार बिरुवा उत्पान गरिएको थियो । आर्थिक बर्ष ०८०–०८१ को बाँकी बोट बिरुवा गरि गएको आर्थिक बर्ष ०८१–०८२ मा बितरण गरिएको उनले बताए ।
यो आर्थिक बर्ष ०८२–०८३ मा भने ३५ हजार विभिन्न जातका बोट बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको पनि उनले जानकारी दिए ।
ति नर्सरीबाट १ बर्षेका राई खनियो, निमारो, टाँकी, कोइरालो, बकाईनो, जामुन, खोटे सल्ला, ईपिल ईपिल, अमिलो, कपुर, लप्सी, किम्बु, सिसौ, चाँप, धुपी, निम, अमला, तेजपात, टिमुर जस्ता बोट बिरुवा २० हजार बितरण गरिएको थियो भने बहु बर्षिय अन्तरर्गत धुपी, असोक, बर, पिपल, कटहर, बेल, कल्लीफुलहरु २३ हजार बोट बिरुवा बितरण भएको डिभिजन प्रमुख शाण्डिल्यले बताए ।


