प्रतिकात्मक तस्बिर
गोरखा । बैदेशिक रोजगारीमा पठाउने वहानामा करिब ६६ लाख ठगी गरेकोभन्दै गोरखा आँपपिपल घर भएका १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने गोरखा पालुङटार नगरपालिका–२ घरभई हाल कागेश्वरी मनोहरा नगरपालिका–५ बस्दै आएका ३७ बर्षिय रबिन आयार्च भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टी गरेको हो ।
आचार्यले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै २ जना ब्यत्तीबाट ६५ लाख ९७ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।
रकम लिएर सम्र्पक बिहिन भएकोभन्दै पिडितले उजुरी दिए लगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले उनलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


