काठमाडौं । नेपाली बजारमा आज पनि सुनकाे भाउ घटेकाे छ । सुनकाे भाउ घटे पनि चाँदीकाे भाउ भने बढेकाे छ ।
सुनको भाउ बिहीबारकाे तुलनामा प्रतितोला ५०० रुपैयाँले घटेर ताेलाकाे १ लाख ९४ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे बिहीबार सुनकाे भाउ ताेलाकाे १ लाख ९५ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ घटे पनि चाँदी भाउ भने बढेकाे छ । चाँदी बिहीबारकाे तुलनामा ताेलामा ५ रुपैयाँले बढेर २ हजार ३४० रुपैयाँ काराेबार भएकाे महासंघले जनाएकाे छ । हिजाे बिहीबार चाँदी ताेलाकाे २ हजार ३३५ रुपैयाँमा काराेबार भएकाे थियाे ।



