राजु लामा/कतार । ७ महिनो क्यान्सर पिडित शिसुलाई उपचारमा सहज होसभन्दै गोरखा सेवा समाज कतारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँरा घर भएकी सुमित्रा गुरुङको ७ महिने शिसुलाई क्यान्सर भएर उपचारमा समस्या भएपछी समाजले आर्थिक सहयोग उपलब्ध गराएको हो ।
समाजका सचिव पूर्ण गुरुङको संयोजकत्वमा सहयोग समिति बनाएर विभिन्न दाताहरुबाट उठेको रकम नेपालमा रहेकी शिसुकी आमालाई लोक गायक सागर गुरुङले हस्तान्तरण गरेको हो ।
गुरुङले पिडित महिला बस्दै गरेको बुढा निलकण्ठ नगरपालिकाको नारायण थानमा रहेको डेरामा पुगेर ८४ हजार २२ रुपैयाँ हस्तान्तरण गरेको लोक गायक गुरुङले बताए ।
यता शिशुकी आमाले बच्चाको उपचारमा आर्थिक समस्या भएको जानकारी गराए लगत्तै कतारमा रोजगारीकोलागि आएका गोरर्खालीहरुबाट सहयोग रकम उठाएर नेपाल पठाएको गोरखा सेवा समाज कतारका सचिव पूर्ण गुरुङले बताए ।
समाजले यस अघि नै गोरखा सेवा समाज नेपाललाई एक मुष्ट २५ लाख रकम हस्तान्तरण गरेर त्यसबाट आउने ब्याजबाट स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्चदै आएको छ ।


