गोरखा । भिमसेन थापा गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।
भिमसेन थापाको २५१औं जन्म जयन्ती परेकोले पालिकाले सार्वजनिक बिदा दिएको पालिका प्रमुख लोक प्रसाद बन्जारा (अक्कल)ले जानकारी दिए ।
साउन ९ गते शुक्रबार नेपालका प्रथम मुख्तियार भिमसेन थापाको जन्य जयन्ती परेकाले गाउँपालिकाको कार्यालय, गाउँ कार्यपालिका तथा मातहतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिन लागेको बताए ।
गएको आर्थिक बर्ष ०८२ असार ३२ गते बसेको गाउँ कार्यपालिकाबाट साउन ९ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय भए अनुसार नै पालिकाले सूचना जारी गरेर बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले बताए ।


