काठमाडौं । साता दिनदेखी उकाकाे लागेकाे सुर र चाँदीकाे भाउ नेपाली बजारमा आज भने घटेकाे छ ।
सुनको भाउ बुधबारकाे तुलनामा प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ताेलाकाे १ लाख ९५ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे बुधबारबार सुनकाे भाउ ताेलाकाे १ लाख ९७ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै नेपाली बजारमा चाँदी भाउ पनि घटेकाे छ । चाँदी बुधबारकाे तुलनामा ताेलामा १५ रुपैयाँले घटेर २ हजार ३३५ रुपैयाँ काराेबार भएकाे महासंघले जनाएकाे छ । हिजाे बुधबार चाँदी ताेलाकाे २ हजार ३५० रुपैयाँमा काराेबार भएकाे थियाे ।



