गोरखा । गोरखा चेम्बर अफ कमर्शको भवन निर्माणकालागि एक जना स्थानिय महिलाले करिब १२ आना जग्गा दान गरेका छन् ।
गोरखा नगरपालिका–६ निवासी बिनिता श्रेष्ठ (बनु)ले गोरखा नगरपालिका–५ को गोरखा दरर्बार क्षेत्रमा रहेको ११ आना १ पैसा ३ दाम जग्गा दान गरेको चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष राम स्वरुप श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दाताबाट हालै जग्गा प्राप्त भएको र भवन निर्माणकोलागि नक्सा बनाउने काम भई रहेको छ । ‘हामीलाई दाताले हालै जग्गा नामासारी गरीदिएको छ’ उनले भने ‘भवन निर्माणकोलागि नक्सा बनाउने काम भईरहेको छ ।’
उक्त जमिनमा साउनको ३१ गते भवनको शिलान्यास गराउने तयारी भइरहेको पनि अध्यक्ष श्रेष्ठले बताए ।
यता भवन निर्माण सम्पन्न भए लगत्तै भवनको नाम B2 गोरखा चेम्बर अफ कमर्श राखिने गोरखा चेम्बर अफ कमर्शका महासचिव अशोक राना मगरले जानकारी दिए ।
हालको बजार मूल्य अनुसार उक्त जमिन २५ लाख बरावरको रहेको छ ।
जग्गा दाता गोरखा चेम्बर अफ कमर्शका संस्थापक अध्यक्ष भाई चन्द्र श्रेष्ठका धर्मपत्नी हुन ।



