प्रतिकात्मक तस्बिर
गाेरखा । कास्की प्रहरी अवैध लागूऔषध सहित गाेरखा घर भएका १ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा गाेरखा घर भइ पाेखरा महानगरपालिका-१७ विरौटा बस्ने २८ वर्षीय प्रकाश गुरूङ भएकाे कास्की प्रहरीले जनाएकाे छ ।
प्रहरीले गुरुङकाे गाेरखा घर कहाँ भन्ने बारेमा जानकारी दिएकाे छैन । गुरुङलाई महानगरपालिका-३२ लामेआहालबाट ३ किलो ५०० ग्राम सहित पक्राउ गरेकाे हाे ।
कास्की प्रहरीले उनलाइ मंगलबार साँझ पक्राउ गरेको जनाएकाे छ ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले गोरखाबाट पोखरातर्फ आ्उँदै गरेको ग.६ प १६३० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।


