काठमाडौं । साताकाे चाैथाें दिन आजपनि नेपाली बजारमा सुन र चाँदीकाे भाउ उकालाे लागीरहेकाे छ ।
सुनको भाउ मंगलबारकाे तुलनामा प्रतितोला २ हजार १०० रुपैयाँले बढेर ताेलाकाे १ लाख ९७ हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे मंगलबार सुनकाे भाउ ताेलाकाे १ लाख ९५ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै नेपाली बजारमा चाँदी भाउ पनि बढे छ । चाँदी मंगलबारकाे तुलनामा ताेलामा ३० रुपैयाँले बढेर २ हजार ३५० रुपैयाँ काराेबार भएकाे महासंघले जनाएकाे छ । हिजाे मंगलबार चाँदी ताेलाकाे २ हजार ३२० रुपैयाँमा काराेबार भएकाे थियाे ।



