प्रतिकात्मक तस्बिर
गोरखा । सिरानचोक गाउँपालिका–८ जौबारीका १ जना पुरुष हराएको १० दिन पछी मृत फेला परेको छ ।
मृत फेला पर्ने ब्यत्ती जौबारी घर भई संघिय राजधानी काठमाडौं बस्दै आएका ४२ बर्षका प्रसान्त सिलवाल हुन् ।
सिलवाल गएको असार २८ गतेदेखी घर र आफन्तबाट सम्पर्क बिहीन भएको उनका आफन्तले जानकारी दिएको हो ।
सिलवालको शव नवलपुर जिल्लाको त्रिवेणी नदीमा रहेको बाँधमा हिजो मंगलबार फेला परेको पनि आफन्तहरुले बताए ।
राजधानीमा ब्यवसाय गदै आएका उनी किन बेपत्ता भए र कसरी बाँधमा फेला पर्यो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको नवलपुर प्रहरीले जनाएको छ ।
सिलवालको हिजै डण्डामा रहेको मध्य बिन्दु अस्पतालमा पोष्ट मार्टम लगत्तै चिवतनको देवघाटमा धर्म संस्कृती अनुसार अन्त्यष्टी गरिएको उनका आफन्तजनले जानकारी दिएको हो ।


