साँकेतिक तस्बिर
गोरखा । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले गोरखाकी १ जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीकी २९ बर्षिया जुनु राना थापा मगर भएको प्रहरीले पुष्टी गरेको हो ।
गोरखा घर भएकी उनी काठमाडौं महानगरपालिका–१५ बस्दै आएकी जुनुले आकर्षक रोजगारीमा स्लोभाकिया पठाइदिन्छु भनेर ३ लाख १० हजार लिएर सम्पर्क बिहीन भएपछी पिडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले उनलाइ पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकी जुनुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बैदेशिक रोजगार विभाग ताहाचलमा बुझाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।


