काठमाडौं । नेपाली बजारमा साताकाे दाेस्राे दिन आज सुनकाे भाउ बढेको छ ।
सुनको भाउ आइतबारकाे तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेर ताेलाकाे १ लाख ९३ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गएकाे आइतबार सुनकाे भाउ ताेलाकाे १ लाख ९३ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ बढेपनि आजव नेपाली बजारमा चाँदीको भाउ भने स्थिर रहेकाे छ । चाँदी आइतबार नै भाउमा ताेलाकाे २ हजार २८५ रुपैयाँ काराेबार भएकाे महासंघले जनाएकाे छ ।




















