गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला भित्रको १४ वटा रुटमा रातको समयमा सवारी चलाउन रोक लगाएको छ ।
कार्यायलये आज साँझपख सूचना जारी गर्दै जिल्ला भित्रको विभिन्न १४ रुटमा रातीको समयमा कुनै पनि सवारी नचलाउन भनेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्तगत बरालद्वारा हस्ताक्षरीत सूचनामा अति आवश्यक सवारी साधन बाहेक अन्य सवारी साधनलाई संचालनमा रोक लगाउने र अबिरल पानी परिरहेको अवस्थामा राजमार्गमा समेत रात्रीकालिन यातायातलाई पूर्णरुपमा बन्द गराउने भनिएको छ ।
जारी सूचनामा ‘मनसुनको समय सुरु भईसकेको अवस्था छ । मनसुनको समयमा आउन सक्ने बाढी पहिरोमा आवश्यक सावधानी अपनाउन नसक्दा धेरै धनजनको क्षति हुन सक्ने अवस्था रहेको’ उल्लेख गर्दै ‘मनसुनको समयमा आउन सक्ने बाढी पहिरोको कारण सडक÷राजमार्ग अवरोध हुन सक्ने अवस्थालाई मध्यनगर गर्दै सवारी साधन सञ्चालनमा रोक लगाउने’ जारी सूचना भनिएको छ ।
कुन कुन रुटमा रोक लगायो त प्रशासनले हेरौं :



