×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखाको मझुवा–बैटारी–हटीयाँ सडक : ट्रयाक खोलेका मा ३३ बर्षपछि कालोपत्र

  •  गोरखा समाचार
  • शनिबार, साउन ०३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा–आँबुखैरेनी सडक नबन्दा सिंगो गोरर्खाली तात्कालिन देउराली गाउँ पञ्चायतको हटीया–बैटारी–मझुवा हुँदै पदैल हिडेर तनहुँको आँबुखैरेनी पुग्ने गर्दथे ।

    आँबुखैरेनीबाट गोरखा बजार, पालुङटार पुग्न हिडेर छोटो पर्ने भएकाले अधिकांस मानिसहरु सोही बाटो हुँदै आउजाउ गर्दथे । बिंस २०४६ सालको राजनैतिक परिवर्तनपछि ०४९ सालमा स्थानिय मेघ बिलाष शर्मा खनालको पहलमा कच्ची सडक खुलाइयो ।

    तर लामो समयसम्म सडकस्तरोन्नतीको काम अघि बढ्न सकेन् । साविकको देउराली गाविस हाल गोरखा नगरपालिका नम्बर १३ मा पर्ने उक्त सडक खण्डमा ट्रयाक खुलेको ३३ बर्षपछि कालोपत्र सुरु भएको छ ।

    दर्जनौ गाउँ रहेको उक्त वडामा लामो प्रयासपछि नेपाली काँग्रेसकी राष्ट्रिय सभा सदस्य कमला पन्तले साँसद विकास कोषमार्फत बिनियोजन भएको १ करोडबाट सिंगो वडामा नै पहिलो पटक सडक कालोपत्र भएको गोरखा नगरपालिका–१३ की वडाध्यक्ष मित्रा परियारले बताईन ।

    ‘वडाबासीको मुख्य पदमार्ग भनेपनी सडक मार्ग भने पनी यही हो’ उनले भनिन् ‘कच्ची सडक खुलेको तिन दशक पछी गाउँमा पिच हुदा सवै वडाबासी खुसी छन् ।’

    उनले आफु निर्वाचित भए लगत्तै उक्त मार्गलाई पिच गर्ने बाचा जनता संग गरेको र अहिले पिच हुदा आफुलाई पनि खुशी लागेको उनले बताईन ।

    गाउँमा सडक कालोपत्र सुरु भएपछि हेर्न आएका स्थानिय बिक्रम मल्ल पनि खुशी देखिन्थे । जलदेवी बनदेवी टोल बिकास संस्थाका अध्यक्षसमेत रहेका मल्लले बाटो पिच भएपछि स्थानियले उत्पादन गरेको तरकारी र मासुजन्य पशुपन्छी बजारसम्म लान सहज हुने बताए ।

    साना शहरी बिकास कार्यालय कास्की अन्तरर्गत भएको उक्त काम चिराग कन्ट्रक्सनले ठेक्का पारेको थियो । रु ९६ लाख ४३ हजार ६२४ रुपैयाँ ५० पैसाको बजेट बिनियोजन भएको भएपनि ठेकेदार कम्पनीले ६६ लाख ३५ हजार ९३९ रुपैयाँ ५ पैसामा कबोल गरेको थियो ।

    कन्ट्रक्सनले मझुवा–बैटारी–हटीयाँ खण्डमा ४०० मिटर कालो , ७५ मिटर ढलान र ५०० मिटरभन्दा बढी नाला निर्माण गरेको छ ।

    सडक पिच भएसंगै १३ नम्बर भित्रका फेदीटोल, दराई गाउँ, जै कोट, सातदोबाटे, बैटारी, यु खर्क, पसैथोक, सुनारगाउँ, तल्लो हटिया, मनमस्ता, दमाई गाउँ, कामी गाउँ, सिमल थुम्की, ढकाल गाउँ, बेलघारी, ठिंमुरे र वडा नम्बर १४ को उपल्लो हटिया, कोट गाउँ, छाँकु र प्यूघर गाउँका बासिन्दालाई सहज हुनेछ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, साउन ०३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.