गोरखा । गोरखा दरौंदी यातायात सेवा कम्पनी प्राली र रेडन एडुकेशन फाउन्डेसन प्रालिबीच यातायात व्यवसायीको सिफारिसमा ४ जना बिधार्थीलाई न्युनतम शुल्कमा पढाउने सहमति भएको छ ।
यातायात सेवा प्रालि र फाउण्डेसन बीच हालै उक्त सहमति भएको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष दीपक वोहोराले जानकारी दिए ।
सम्झौता अनुसार अब रेजन एडुकेशन फाउन्डेसनले दरौँदी यातायात अन्तर्गत सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरूमा आफ्नो नाम र व्यानर राखी प्रचार–प्रसार गर्न पाउने भएको छ ।
त्यस्तै रेजन एडुकेशन फाउन्डेसनले दरौंदी यातायात कम्पनीमार्फत प्रत्येक बर्ष ११ र १२ मा पढ्ने ४ जना विद्यार्थीलाई न्युनतम शुल्क (प्रयोगशाला शुल्क र परीक्षा शुल्क मात्र लिएर) मा पढाउनुपर्ने सहमतिमा उल्लेख भएको छ ।
यो सहमति २०८२ साल साउन १ गतेदेखि लागू भई २ वर्षका लागि कायम रहनेछ । सहमति पत्रमा गोरखा दरौंदी यातायात सेवा कम्पनीका तर्फबाट अध्यक्ष दीपक वोहोरा र रेजन एडुकेशन फाउन्डेसन प्रालिका प्रतिनिधिको तर्फबाट सरोजबाबु कैनीले हस्ताक्षर गरेका छन् ।




