काठमाडौं । नेपाली बजारमा साताकाे छैटाैं दिन आज सुन र चाँदी दुवैकाे भाउ बढेको छ ।
सुनको भाउ बिहीबार तुलनामा प्रतितोला २०० रुपैयाँले बढेर ताेलाकाे १ लाख ९२ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार नेपाली बजारमा सुनकाे भाउ ताेलाकाे १ लाख ९२ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, शुक्रबार नेपाली बजारमा चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर ताेलाकाे २ हजार २८० रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ । बिहीबार चाँदी ताेलाकाे २ हजार २६५ रुपैयाँमा काराेबार भएकाे थियाे ।



