काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैकाे भाउ घटेको छ ।
सुनको भाउ मंगलबार तुलनामा प्रतितोला १ लाख ३०० रुपैयाँले घटेर ताेलाकाे १ लाख ९२ हजारमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार नेपाली बजारमा सुनकाे भाउ ताेलाकाे १ लाख ९३ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तैगरी, बुधबार नेपाली बजारमा चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर ताेलाकाे २ हजार २६० रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ । मंगलबार चाँदी ताेलाकाे २ हजार २७५ रुपैयाँमा काराेबार भएकाे थियाे ।



