काठमाडौं । नेपाली बजारमा चाँदीको मूल्य पहिलो पटक तोलाकाे २३ सय नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि चाँदीको भाउ प्रतितोला २ हजार ३१५ रुपैयाँ तोकेको छ, जुन मूल्य अघिल्लो दिनको तुलनामा ३० रुपैयाँ बढी र अहिलेसम्मकै उच्च हो ।
सुनको भाउ पनि तोलामा ४०० रुपैयाँ बढेको छ । महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ तोकेको छ । आइतबारका दिन सुन प्रतिताेला १ लाख ९२ हजार ९०० रुपैयाँ ताेकिएकाे थियो ।



