काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ बढेको छ ।
सुनको भाउ बढेसंगै प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सुन गएकाे शुक्रबार ताेलाकाे १ लाख ९१ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियो ।
चाँदीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ । शुक्रबार २ हजार २२० रुपैयाँमा काराेबार भएकाे चाँदी ताेलामा ६५ रुपैयाँले बढेर आज २ हजार २८५ रुपैयाँ पुगेको छ ।
चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।




















