×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गाेरखाकाे धार्चे गाउँपालिकाद्धारा मासुजन्य उत्पादनमा किसानलाई नगद अनुदान

  •  गोरखा समाचार
  • शनिबार, असार २८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८१-०८२ मा सञ्चालन गरिएको ‘मासुजन्य उत्पादन अनुदान कार्यक्रम’ अन्तर्गत पालिकाभित्रका ६१ जना किसानलाई नगद अनुदान प्रदान गरेकाे हाे ।

    किसानहरुले कुल ६ लाख ३०५ रुपैयाँ बराबरको अनुदान रकम प्राप्त गरेकाे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए । “पालिकालाई मासुमा आत्मानिर्भर बनाउन र मासु तथा मासुजन्य उत्पादनका लागि किसानलाई हौसला प्रदान गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको हो, उनले भने, ‘‘कार्यक्रममार्फत स-साना पशुपालक किसानले पनि लाभको अवसर प्राप्त गरेका छन् ।’’

    कार्यक्रमले मासुजन्य उत्पादन वृद्धि मात्र नभई विस्तारै स्थानीय रोजगारी सिर्जनामा समेत टेवा पुग्ने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।

    मासुजन्य उत्पादनका आधारमा अनुदान प्राप्त गर्ने किसानहरुले ९०० देखि ५० हजारसम्म नगद अनुदान प्राप्त गरेको गाउँपालिका पशुसेवा शाखाका प्रमुख हर्क कार्कीले जानकारी दिए ।

    ‘‘अनुदानका लागि किसानको गोठमै पुगेर स्थलगत निरीक्षण तथा नापतौल गरेर अनुदान वितरण गरिएको छ, उनले भने, ‘‘अनुदान कार्यक्रमले किसानहरुमा व्यवसायिक पशुपालनतर्फको आकर्षण बढ्न थालेको छ ।”

    गाउँपालिकाले खसीको मासुमा प्रतिकेजी ३०, राँगाको मासुमा १५, बंगुरको मासुमा ४० र बोइलर कुखुराको (३५–४५ दिन उमेरका) प्रति गोटा ७० का दरले नगद अनुदान दिने व्यवस्था गरेको छ । अनुदान प्राप्त गर्ने किसानलाई बैंक खातामार्फत भुक्तानी दिने गरिएको प्रमुख कार्कीले बताए ।

    गाउँपालिकाले वडा नम्बर १ का ९ जना, वडा नम्बर २ का २२ जना, वडा नम्बर ३ का १ जना, वडा नम्बर ४ का ३ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ६ का ३ जना र वडा नम्बर ७ का २१ जना किसान लाभान्वित भएका छन् । मासुजन्य उत्पादनमा अनुदान पाएपछि किसानहरु खुशी भएका छन् ।

    “पहिलो पटक आफ्नो मेहनतको मूल्य पाइएको छ, स्थानीय किसान हिरामाया गुरुङले भनिन, ‘‘नगद अनुदान कार्यक्रमले हामीजस्ता साना किसानलाई ठूलो हिम्मत मिलेको छ ।”

    किसानहरुलाई पशुपालनमा आत्मनिर्भरता र व्यावसायिकता अभिवृद्धि गर्ने योजना सहित गाउँपालिकाले आगामी आर्थिक बर्षका लागिसमेत मासुजन्य उत्पादन अनुदानका लागि बजेट बिनियोजन गरेको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, असार २८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.