गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाको चालु आर्थिक बर्ष २०८१-०८२ को वित्तिय प्रगति ८३.७३ प्रतिसत हासिल गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक बर्षको स्विकृत कार्यक्रम तथा योजनाहरुको रकम भुक्तानी सम्पन्न गरेसंगै वित्तिय प्रगति सार्वजनिक गरेको हो ।
गाउँपालिकाले चालुतर्फ ८७.०५ प्रतिसत र पूँजीगत तर्फ ७६.२३ प्रतिसत बजेट खर्च गर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।




















