गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१-०८२ मा ८७.५५ प्रतिसत वित्तिय प्रगती हासिल गरेको छ ।
गाउँपालिकाले चालुु आर्थिक बर्षमा कुल ६५ करोड, ४९ लाख ३७ हजार बजेट बिनियोजन गरेकोमा ५७ करोड ३३ लाख ९६ हजार ६३१ रुपैयाँ ३१ पैसा खर्च गरिएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सुवास आलेले जानकारी दिए ।
जस अन्तरर्गत चालुतर्फ ४९ करोड ९४ लाख ९७ हजार बिनियोजन गरिएको ४३ करोड ८३ लाख ७ हजार ५४१ रुपैया ३१ पैसा खर्च भएको उनको भनाई छ ।
यो चालुतर्फ बिनियोजित बजेटको ८७.७५ प्रतिसत हो । त्यस्तै पुँजीगत तर्फ १५ करोड ४२ लाख ४० हजार बिनियोजन भएकोमा १३ करोड ५१ लख २२ हजार ८९ खर्च भएको प्रमुख प्रशासकीय अधिृकत आलेले बताए ।
पुँजीगत तर्फ बिनियाजित बजेटको ८७.०४ प्रतिसत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक बर्षमा स्विकृत भइ सम्पन्न भएका कार्यक्रम तथा योजनाहरुको रकम भुक्तानी सम्पन्न गरेर पालिकाको कुल बित्तिय प्रगती सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बताए ।



