गोरखा । गोरखाको अबुवा क्षेत्रमा आज बिहानै यात्रुबाहक बस ठुलो दुर्घटनाबाट जोगिएको छ ।
दुर्घटनाबाट जोगिएको यात्रु बाहक बसमा चालक दल सहित १८ जना यात्रु रहेको गोरखा यातायात सेवा कम्पनीका सञ्चालक समिति सदस्य गणेश बानियाँले बताए ।
काठमाडौंदेखी गोरखाको माछी खोला तर्फ आउदै गरेको ग १ ख ९४४४ नम्बरको रात्री बस पहिरोमा फसेको थियो । पहिरोमा फसेको बस डेढ घण्टाको अथक प्रयासपछी सकुशल उद्वार गरिएको सदस्य बानियाँले जानकारी दिए ।
उनका अनुसार चालक दल र यात्रु सबै सकुशल उद्वार गरिएको छ ।
गोरखा नगरपालिका–११ को अबुवा क्षेत्रमा आज बिहान ठुलो बर्षापछी डाडाँ माथीबाट आएको पहिरोमा बस अड्किएको थियो ।
बस निकाल्न राती नै यातायात कम्पनीले जेसिबी मेशिन प्रयोग गरेर बिहान ४ बजे मात्र पहिरोबाट सकुशल उद्वार गरिएको सदस्य बानियाँले बताए ।
घटना स्थलमा प्रहरी चौकी मझुवा देउरालीको प्रहरी टोली समेत खटिएका थिए ।
उद्वारकालागी राखिएको मेशिन प्रहरी चौकीमा, प्राविधिक घरमा
बिपतको बेला आवश्यक पर्ने भनेर सडक कार्यालय दमौलीले उपलब्ध गराएको मेशिन प्रहरी चौकी मझुवा देउरालीको कम्पाउण्डमा राखेर अपरेटर भने तनहँुको डुम्रेमा रहेको घरमा आराम गरेका थिए ।
रातको समय भएकाले डुम्रेदेखी गोरखा तर्फ आउने साधन नपाएपछी कम्पनीले आफै राती जेसिबी मेशिन खोजेर बसलाई पहिरोबाट निकालेको थियो ।
घटनाको बारेमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले अनबिज्ञता प्रकट गरे । उनले भने तत्कालै प्रहरी र सडकलाई जानकारी गराएर तयारी अवस्थामा राख्न भन्छु ।
बिपदको बेला आवश्यक पर्ने त्यस्ता मेशिन चलाउने प्राविधिक टाढा हुदाँ तत्कालै उद्वार गनुपर्ने अवस्थामा कसरी परिचालन गर्ने भन्ने कुरा चाँही जिल्ला सुरक्षा समिति र त्यसको जिम्मेवारीको हिसाबले प्रमुख जिल्ला अधिकारीले चासो राख्नु पर्ने देखिन्छ ।


