गाेरखा । रसुवामा आज बिहानै आएकाे बाढीमा परी २ जना गाेरर्खाली समेत बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा पालुङटार नगरपालिका-६ गाईखुर घर भएका डिल बहादुर तामाङ र धन बहादुर तामाङ भएकाे पुष्टी भएकाे हाे ।
दुवै जना कन्टेनर चालक भएकाे सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले बताए ।
बेपत्ता तामाङ द्धयकाे खाेजी भइरहेकाे पनि उनले जानकारी दिए ।
चीनकाे लेन्दे खाेलामा आएकाे बाढीले ठुलाे जनधनकाे क्षती गरेकाे छ । क्षतीकाे एकिन बिवरण भने प्राप्त हुन सकेकाे छैन ।


