प्रतिकात्मक तस्बिर
गाेरखा । चेक अनादर मुद्दाका फरार प्रतिवदी गाेरखा शहिद लखनका १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखा शहिद लखन गाउँपालिका-१ घर भइ हाल टोखा नगरपालिका-६ सुदर्शन हाइट बस्ने ४० वर्षीय रोलक भट्ट भएकाे पुष्टी भएकाे छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीकाे टाेलीले भट्टलाई पक्राउ गरेकाे हाे ।
जिल्ला अदालत भक्तपुरको २०८१ वैशाख १८ गते उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका भट्टलाई साेमबार पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।


