गोरखा । स्थापनामा लामो समयपछी गोरखा अस्पतालले डिजिटल एक्सरे सेवा सञ्चालनमा ल्याएको छ ।
बिगतमा सेवा ग्राहीहरुले सेवा लिन लामो समय लागेको र गुणस्तरीय सेवा नपाएको गुनासो पछी अस्पतालले डिजिटल एक्सरे सेवा सञ्चालनमा ल्याएको गोरखा अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट सिद्वार्थ खनालले बताए ।
‘लामो सयमसम्म हामीले अनुदानमा प्राप्त पुराना मेसिन सञ्चालनमा ल्याएका थियौ’ उनले भने ‘समय सापेक्ष अहिले डिजिटल एक्सरे जडान गरेर सञ्चालनमा ल्याएका हौ ।’ पुरानो मेसिनले एक्सरे गर्दा प्रष्ट नदेखिने, समयमा रिर्पोट प्राप्त नहुने हुदा सेवा ग्राहीले धेरै गुनासो गरेको पनि उनले बताए ।
प्रदेश स्तरीय अस्पतलामा सेवा बिस्तार गरे लगत्तै गण्डकी प्रदेश सरकारबाट प्राप्त डिजिटल एक्सरे मेसिन जडान गरेर सेवा प्रारम्भ गरिएको छ । असार १८ गते साँझदेखी काठमाडौंबाट आएका प्राविधिकहरुले जडान कार्य सम्पन्न गरे लगत्तै सेवा सुरु गरिएको गोरखा अस्पताल प्रशासनले जनाएको छ ।
अब भने अस्पतालमा एक्सरे गर्नेहरुले केही मिनेटमा नै एक्सरेको रिर्पोट प्राप्त गर्ने छ ।




















