फाईल तस्बिर
गोरखा । गोरखा जिल्लामा बिगत ११ महिनामा १० हजारभन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् ।
यो आर्थिक बर्षको साउनदेखी जेठ अन्तसम्म ठुला तथा साना गरी १० हजार १५२ वटा सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरिक्षक राजेन्द्र पौडेलले बताए ।
उनका अनुसार सबैभन्दा धेरै दुई पाग्रे सवारी कारवाहीमा परेका छन् । जिल्ला भित्रको विभिन्न स्थानमा गरी ४ हजार ५१४ वटा दुई पाग्रे सवारी कारवाहीमा परेका छन् ।
कारवाहीमा पर्ने सवारीहरुले कागजात दुरुस्त नराखेको, मादक पदार्थ सेवन गरेर सवारी चलाएको तथा लापरर्वाही पूर्वक सवारी साधन चलाएकाहरु भएको प्रनानि पौडेलले बताए । ‘सकेसम्म हामीले सम्झाई बुझाइ गरेर छाडने गरेका छौ’ उनले भने ‘तर पनि पटक पटक गल्ती दोह¥याउनेलाई कारवाहीको दायरमा ल्याएका हौ ।’
कार्यालयले जिल्ला भित्रै कारवाहीको दायरामा ल्याएर नसचिएकाहरुलाई भने यातायात कार्यालय गण्डकी प्रदेशमा समेत चलानी गर्ने गरेको पनि उनले बताए ।
कार्यालयले दिएको जानकारी अनुसार दोस्रो स्थानमा कार÷जिप कारवाहीको परेका छन् । २ हजार १७४ वटा कार÷जिप, १ हजार ६१६ ट्रक÷टिप्पर, १ हजार १०८ वटा बस, ६९४ वटा ट्याक्टर र ३७ वटा अन्य सवारी कारवाहीमा परेका छन् ।
उक्त संख्यामा कारवाहीमा परेका सवारी साधनबाट ९८ लाख ८७ हजार ५०१ रुपैयाँ राजश्व संकलन भएको पनि कार्यालयले जानकारी दिएको छ ।


