गोरखा । गोरखा नगरपालिका–८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । वडा भित्रका १६ जना किसानलाई अनुदानमा हाते ट्याक्टर गरिएको हाे ।
वडाध्यक्ष ऋषिराम खत्रीका अनुसार किसानलाई कृषि प्रविधिमैत्री बनाउदै खेती गर्दा कम लगानीमा उत्पादन बृद्धि गराउनका लागि कृषिमा आश्रित विपन्न, युवा कृषक र महिलालाई लक्षित गरेको ट्याक्टर वितरण गरिएको हाे ।
हाते ट्याक्टर पाउने किसानलाई २० हजार अनुदान पर्ने गरी वितरण गरिएको उनले जानकारी दिए । अहिलेसम्म वडा भित्र ८४ जना किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिसकिएको छ ।
वडा कार्यालयको चालु आर्थिक बर्ष २०८१-०८२ को कृषिमा यान्त्रिकीकरण कार्यक्रम अन्तरगत किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो ।
परम्परागत खेती प्रणालीमा खेतबारी जोत्न लागि गोरुको प्रयोग गर्दै आएको भएपनि गाउँमा पछिल्लोसमय गोरु पाल्नेको संख्या न्युन हुँदै गएकाले गोरुको अभावमा खेतबारी बाँझो नवसोस् भन्ने उद्देस्यसहित नगरपालिकाले कृषकलाई कृषि औजारमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


