काठमाडौं । नेपाली बजारमा साताकाे पाँचाैं दिन बिहीबार सुन र चाँदी दुवैको भाउ बढेकाे छ ।
सुनकाे भाउ ताेलामा ४०० रुपैयाँले बढेर १ लाख ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । हिजाे सुन ताेलाकाे १ लाख ९१ हजार ७०० रुपैयँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी हिजाे बुधबार चाँदी ताेलाकाे २ हजार १५५ रुपैयाँमा काराेबार भएकाेमा बुधबार भने ताेलामा १० रुपैयाँले घटेर प्रतिताेला २ हजार १४५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएको छ ।



