गोरखा । उत्तरी गोरखामा देखिएको शिक्षा सम्बन्धी समस्याको समाधान गरीदिन शिक्षा मन्त्री समक्ष माग पत्र प्रस्तुत गरिएको छ ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले शिक्षा मन्त्री रघुजी पन्तलाई उत्तरी गोरखाको शिक्षा सम्बन्धी समस्याको समाधान गरीदिनु माग पत्र पेश गरेका हुन् ।
मन्त्रालयमा नै पुगेर अध्यक्ष लामाले उत्तरी भेगमा अवस्थित चुमनुब्री गाउँपालिका भौगोलिक बनावटको हिसाबले कटिन र क्षेत्रफलको हिसाबमा जिल्लाको ३६ प्रतिशत भु–भाग ओगटेकोभन्दै बजेट र अनुदानको आकार बढाइ दिन आग्रह गरेको बताए ।
मन्त्री संगको भेटमा उनले गाउँपालिकाको केन्द्र जोडने सडक समेत नभएको अवस्थामा हरेर बिकास निर्माणका कार्यमा ढुवानीको कारणले लागत बढ्ने भएका कारण पनि बजेट र अनुदानको आकार बढाइ दिन आग्रह गरेको उनले सुनाए ।
अध्यक्ष लामाले मन्त्रीको भेटमा आफुले हाल भईरहेको भन्दा १५० वटा आवसिय छात्राबास कोटा थप गरिदिन, ८ जना स्थायी राहत दरबन्धी शिक्षकको ब्यवस्था गरिदिन र मन्त्रालयले दिने शर्सत अनुदान कार्यक्रममा चुमनुब्री गाउँपालिकालाई प्रार्थमिकतामा राखिदिन आग्रह गरेको बताए ।





















