काठमाडौं । नेपाली बजारमा साताकाे चाैंथाे दिन बुधबार सुनको भाउ बढेकाे छ ।
सुनकाे भाउ ताेलामा १ हजार २०० रुपैयाँले बढेर १ लाख ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । हिाजे सुन ताेलाकाे १ लाख ९० हजार ५०० रुपैयँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी हिजाे मंगलबार चाँदी ताेलाकाे २ हजार १५५ रुपैयाँमा काराेबार भएकाेमा बुधबार भने ताेलामा १० रुपैयाँले घटेर प्रतिताेला २ हजार १४५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएको छ ।




















