गोरखा । गाेरखाकाे थुमीबाट हराएका १ जना बृद्ध पुरुष ३ दिन पछी मृत्त फेला परेकाे छ ।
मृत्तक ब्यत्ती आरुघाट गाउँपालिका-४ थुमीकाे धारश्वारा बस्ने ७१ वर्षीय क्षेत्र बहादुर थापा भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानाकारी दिए ।
उनका अनुसार थापाकाे मृत्त शरिर सोही ठाउँस्थित गुइखोला (खहरे) दोभानमा मंगलबार फेला परेकाे हाे ।
असार १६ गते साँझ ७ बजे चप्पल किन्न भनेर घरबाट निस्किएका उनी राती अबेरसम्म पनि नआएपछी आफन्त र स्थानियले खाेजी गरेका थिए । असार १७ गते आरुघाट ईलका प्रहरी कार्यालयमा थापा हराएकाे बिषयमा उनका आफन्तले उजुरी समेत दिएका थिए ।
मृत्तका आफन्त, स्थानिय र प्रहरीकाे खाेजीमा मंगलबार बिहान ८:३० बजे दाेभानमा मृत्त अवस्थामा फेला परेकाे सूचना अधिकारी सुवेदीले बताए ।
मृत्त थापाकाे शव आजै पाेष्टमार्टम गरी आवश्यक कानूनी प्रकृया पुरा गरेर शव आफन्तलाई बुझाइएकाे प्रहरीले जनाएकाे छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।


