गोरखा । रोटरी क्लव अफ गोरखाको अध्यक्षमा रामस्वरुप श्रेष्ठले आज एक कार्यक्रम बिच पदभार ग्रहणा गरेका छन् । अग्रजी बर्ष २०२५–२०२६ का लागी अध्यक्षमा श्रेष्ठ आज पदभार ग्रहणा गरेका हुन् ।
श्रेष्ठले मंगलबार क्लबको गोरखा नगरपालिका–८ को प्रतिक्षालय चोकमा रहेको भवनमा भएको एक कार्यक्रममा पद तथा गोपनीयताको सपथ समेत लिएका थिए ।
क्लबको पदाधिकारीहरुमा निर्वतमान अध्यक्ष बिनोद कुमार बस्नेत, प्रेसिडेन्ट इलेक्ट रामहरी केसी, प्रसिडेन्ट नोमिनीमा सित्तल काजी श्रेष्ठ, उपाध्यक्षमा शोभा प्रधान दवाडी, सचिवमा पुष्कल अर्याल र कोषाध्यक्षमा आनन्द गुरुङ रहेका छन् ।
त्यस्तैगरी, द रोटरी फाउन्डेसन चेयर शरद बावु कट्टेल, मेम्बरसिप चेयर कृण्ण ढकाल, पब्लिक इमेज चेयर बिना कुमारी श्रेष्ठ,क्लब एडमिन चेयर प्रदिप कुवर, सर्भिस प्रोजेक्ट चेयर कमल पोखरेल र सर्जेन्ट एट आम्समा ज्ञानहरी अर्याल रहेका छन् ।
अध्यक्ष श्रेष्ठले आजै पोखरामा हुने डिजी ईन्टरनेशलन कार्यक्रममा पनि सपथ लिने क्लबले जनाएको छ । अध्यक्ष श्रेष्ठ गाेरखा चेम्बर अफ कर्मशका अध्यक्ष समेत हुन ।
रोटरी ईन्टरनेशनल डी ३२९२ अन्तरर्गत नेपाल र भुटानमा गरी कुल १५६ क्लब रहेको छ । क्लबको नेपालमा १५५ शाखा र भुटानमा १ वटा शाखा रहेको छ ।
रोटरी क्लब अफ गोरखाले जिल्ला भित्र विभिन्न सामाजिक काममा सहयोग गर्दै आएको छ ।



