गोरखा । जापानको चिबाको सहरमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा गोरखाका उमेश गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
रोजगारीको सिलसिलामा जापानको चिबाको बस्दै आएका गुरुङ एनआरएनएको हालै भएको निर्वाचनमा कार्य समिति सदस्यमा चयन भएका हुन् ।
चिबाकोको फुनाबासीमा भएको चिबा क्षेत्रीय समन्वय परिषदको अधिवेसन संयोजकमा कुलप्रसाद (राजनबावु) सुवेदीलाई चयन गरेको छ ।
अग्रेजी बर्ष २०२५ देखी २०२७ सम्म कार्यकाल रहने समितिमा पहिलो पटक गोरखाका गुरुङले नेतृत्व गरेको हो । गुरुङ गाेरखाकाे विभिन्न संघ संस्थामा आबद्ध भएर नेतृत्व गरी सकेकाे जुझारु युवा हुन् ।
सोही अधिवेसनले उप–संयोजकमा मोहन कार्की, टिकाराम न्यौपाने र निरज पाण्डे तथा महिला तर्फ कुसुम बस्नेत चयन भएका छन् ।
सचिवमा सरोज गिरी, सह–सचिवमा राजेन्द्र शर्मा र कुमार लामा, कोषाध्यक्षमा बिमल न्यौपाने र सह–कोषाध्यक्षमा गोकुल दाहाल चयन भएका छन् ।
निर्वाचित भएका सबै पदाधिकारीकोहरु नामावली :






