गोरखा । हालै सम्पन्न निर्वाचनपछी निर्माण ब्यवसायी संघ गोरखाको पहिलो बैठक सम्पन्न भएको छ ।
सोमबार बिहान भएको पहिलो बैठकले बरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष चयन गरेर बैठक सम्पन्न भएको अध्यक्ष सुर्य भण्डारीले बताए ।
उनका अनुसार पहिलो बैठकले बरिष्ठ उपाध्यक्षमा ईन्जिनियर भोला प्रसाद मरहट्टा, महासचिवमा दिनेश गुरुङ र कोषाध्यक्षमा सबिन बस्नेतलाई चयन गरेको हो ।
६ जना पदाधिकारी चयन गनुपर्ने भएता पनि पहिलो बैठकले ३ जना मात्र चयन गरेको र बाँकी पदमा समझदारी अनुसार अर्को बैठकमा चयन गर्ने उनले बताए ।
बाँकी रहेको द्वितिय उपाध्यक्ष, सचिव र सह–कोषाध्यक्ष आगामी बैठकले निर्णय लिने गरी आजको बैठक सम्पन्न भएको हो ।
गएको जेठ २९ गते बिहीबार भएको अधिवेशनले सुर्य भण्डारीको अध्यक्ष सहित अन्य ११ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएका थिए ।
संघको बिधानले निर्वतमान अध्यक्ष, अध्यक्षले चयन गर्ने २ र कार्य समितिले २ सदस्य चयन गर्न पाउने अधिकार दिएको छ ।


