काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले देशको सबैभन्दा माथिको पदमा रही सकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले व्यक्तिको चाहनालाई नकार्न नसकिने बताएका हुन् । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्कने घोषणा गरेको बारे प्रश्न सोधिएको थियो ।
प्रमुख सचेतक पाण्डेले सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सकेको व्यक्ति भएपनि आफ्नो चाहनालाई नकार्न नसकिने बताए । संविधानले राजनीति गर्न हुँदैन भनेर नरोकेको उनको तर्क थियो ।
उनले भने, ‘सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सक्नुभएको व्यक्तिको आफ्नो चाहना हो, संविधानले कतै रोकेको जस्तो लाग्दैन । उहाँको आफ्नै निर्णय हो ।’


