गोरखा । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजबादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बावुराम भट्टराईले रबी लामिछानेलाई बाहिरै राखेर अनुसन्धान गनुपर्ने बताएका छन् ।
गृह जिल्ला गोरखा आएका उनले लामिछाने जनप्रतिनिधी पनि भएका कारण बाहिरै राखेर अनुसन्धान गनुपर्ने धारणा ब्यत्त गरेका हुन् ।
डा.भट्टराईले ‘रबी जी दोषी हुनु हुन्छ की हुनुहुन्न त्यो भोली अदालतले फैसला गर्ने कुरा हो’ उनले भने ‘जुन ढंगले रबी लामिछानेलाई केही महिनादेखी मुद्वा माथी मुद्वा लगाइएको छ त्यो अलि अस्वाभाविक देखिन्न । वहाँ जनप्रतिनिधी पनि हुनुहुन्छ ।’
उनले लोकतन्त्रमा विधीको शासन हुनुपर्ने हो तर त्यो नदेखिएको बताए । ‘लोकतन्त्रमा बिधीको शासन हुन्छ’ उनले भने ‘जुन सुकै जति सुकै ठुलो ओहदामा भएता पनी कानूनको कठघरामा उभिनु पर्छ ।’
‘मुद्वा जे भएपनी अन्तिम फैसाल अदालतले गर्ने हो’ उनले भने ‘वहाँको बारेमा अन्तिम फैसाल अदालतले गरी हाल्छ ।’
डा.भट्टराईलेब जनप्रतिनिधी हुनुको नाताले वहाँलाई खुल्ला रुपमा बाहिर आएर जनताको पनी प्रतिनिधित्व गर्ने र संग संगै कानूनलाई पनि सहयोग गर्ने यो मौका दिनु पर्छ मेरो तर्क हो तर उनलाई कानूनबाट छुटकारा दिनु पर्छ भनेको होइन ।


