गोरखा । गोरखामा अधिल्लो ११ महिनामा ११ सडक दुर्घटना भएको छ ।
दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन् भने गंभिर र साधारण गरी १९ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी घाईत भएका मध्य ७ जना गंभिर र १२ जना सामान्य घाईते भएका थिए ।
कार्यालयले उपलब्ध गराएको दुर्घटना विवरण केलाउने हो भने सरदर महिनामा १ वटा सडक दुर्घटना भएको देखिन्छ ।
सडक दुर्घटना अधिकासंभने सदरमुकाम भित्र भएको छ । सडक दुर्घटनामा परेर मन्दिर आएकादेखी विवाहको लागी घर आउदाका ब्यत्ती समेतले ज्यान गुमाएका छन् ।
सडक र सवारी साधनको अवस्था नहेरी र सवारी चालकको लापरर्वाहीका कारण पनि दुर्घटनामा चालकले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब निरिक्षक राजेन्द्र पौडेलले बताए ।
उनका अनुसार १० जनाको ज्यान गुमाउने गरी भएको दुर्घटनामा ५ जना त मोटरसाइकल चालक मात्र छन् । २–२ बस र ट्याक्टर दुर्घटना हुदा ज्यान गुमाउने ब्यत्ती छन् भने अर्का १ जनाले क्रेन दुर्घटनामा परी ज्यान गुमाएका हुन् ।
पालुङटार र गोरखा सदरमुकाममा मोटरसाइकल चालकले नियन्त्रण गुमाउदा ज्यान गुमाए । उनले भने सडक र सवारीको अवस्था हेरेर मोटरसाइकल चलाएको भए दुर्घटना भएपनी ज्यान गुमाउने थिएनन् ।
पालुङटारमा रातको समयमा तिब्र गतीमा चलाएको स्कुटर हुदा चालकले ज्यान गुमाएको थियो भने गोरखा सदरमुकामको ठिगुरेश्वारा क्षेत्रमा पनि सोही प्रकृतीको घटना हुदा चालकले ज्यान गुमाएका थिए ।
ठिगुरेश्वारामा भएको मोटरसाइकल दुर्घटनामा चालकले अत्याधिक मादक पदार्थ सेवन गरेका थिए । उनी ४ दिनपछी हुने आफ्नै विवाहको लागी काठमाडौंबाट घर फर्कदै थिए ।
यता सदरमुकामकै बिरेनचोकमा सडकको अवस्था अध्ययन नै नगरी क्रेक चलाउदा चालकको ज्यान गएको थियो ।
त्यसका साथै केही केही महिना अगाडी मात्रै बसबाट आर्लने क्रममा चालकले ध्यान नदिदा आमा र बच्चालाई पछाडीको चक्काले च्यापेको थियो । सो घटनामा बालिकाको घटना स्थलमा नै ज्यान गएको थियो भने बालिकाको आमाको गंभिर अवस्थामा चिवतमा उपचार भएको थियो ।
यो आर्थिक बर्ष सकिनै लाग्दा गोरखामा प्रदेश स्तरीय ट्राफिक सप्ताह समेतको आयोजना गरीएको थियो । कार्यालयले ११ महिनामा जिल्लाको विभिन्न स्थानमा २ हजार ८८२ पटक जन चेतना मुलक कार्यक्रम गरेको छ भने कार्यक्रमबाट १ लाख १० हजार १४७ जना लाभान्वित भएको प्रनानि पौडेलले जानाकारी दिए ।






