प्रतिकात्मक तस्बिर
गाेरखा । गाेरखा जिल्लासहित देशका ३५ जिल्लामा बाढीको मध्यम जोखिम छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज गाेरखा सहित उपत्यकाे ३ जिल्ला काठमाडाैं, ललितपुर र भक्तपुर आसपासका जिल्ला भएर बग्ने स–सना नदीमा बहाव बढ्न सक्ने अनुमान छ ।
त्यस्तैगरी, बाग्लुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुला, सङ्खुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रे, सिन्धुली, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालीकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा पनि बाढीको मध्यम जोखिम छ ।
आज बेलुकीदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मनसुन विशेष बुलेटिन सार्वजनिक गर्दै आज बेलुकीदेखि पर्सि सोमवार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भागका थोरै ठाउँमा तथा अरु प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ । साथै महाशाखाले ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।




