×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

प्रदेशको बजेट गोरखालाई १ अर्ब ५९ करोड ७६ लाख ६ हजार

  •  गोरखा समाचार
  • शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट पनि आफ्नै क्षेत्रमा खन्याएको गुनासा छताछुल्ल भएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कडा रोग लागेका गरिब तथा विपन्नलाई वितरण गरिने आर्थिक सहयोग आफ्नै गृहजिल्लामा खन्याएकोमा विरोध भइरहँदा उनले बजेट पनि आफ्नै क्षेत्र गोरखा निर्वाचन क्षेत्र नम्बर–२(क) मा केन्द्रित गरेको आरोप लागेको हो ।

    उनले क्यान्सर, मुटु, मिर्गौला, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, कलेजो, सिकलसेल एनिमिया, अप्लास्टिक एनिमिया, थालिसिमिया र मस्तिष्कघात भएका गरिब तथा विपन्न बिरामीलाई वितरण गर्ने आर्थिक सहयोग मनाङ र मुस्ताङलाई उपेक्षा गरेर गृह जिल्लामा खन्याएका थिए ।

    सोही प्रवृत्ति उनले बजेटमा पनि दोहो¥याएका छन् । कतिसम्म भने मुस्ताङको बजेटभन्दा मुख्यमन्त्री पाण्डेको एउटा योजनामा बढी बजेट विनियोजन गरिएको तथ्यले स्पष्ट पारेको छ ।

    मुख्यमन्त्री पाण्डेको निर्वाचन क्षेत्रमा पर्ने एउटा सडक निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा १९ करोड ८२ लाख विनियोजन गरिएको छ । पूर्वाधार विकास कार्यालय गोरखाले कार्यान्वयन गर्ने सो योजनाका लागि छुट्ट्याइएको बजेट समग्र मुस्ताङका लागि विनियोजित बजेटभन्दा बढी हो ।

    पूर्वाधार विकास कार्यालय मुस्ताङका लागि जम्मा १९ करोड ४१ लाख ६८ हजार रुपैयाँ बराबरको मात्रै योजना परेका छन् । त्यस्तै, मुस्ताङमा मात्रै होइन, हिमालपारिकै अर्को जिल्ला मनाङमा पनि न्यून बजेट विनियोजन गरिएको छ । मनाङमा १८ योजनाका लागि २० करोड ३२ लाख रुपैयाँको मात्रै बजेट छुट्याइएको छ ।

    गण्डकीको बजेटमा मुख्यमन्त्री पाण्डेको गृह जिल्ला गोरखामा मात्रै ज्ञ अर्ब ५९ करोड ७६ लाख ६ हजार रुपैयाँ विनियोजित भएको छ । सो बजेट गोरखाका विभिन्न १५४ वटा योजनाका लागि विनियोजन गरिएको हो ।

    पूर्वमुख्यमन्त्री तथा सत्तारुढ दल नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीको गृह जिल्ला कास्कीमा १ अर्ब ८४ करोड २२ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन बजेटबाट कास्कीका विभिन्न १६९ योजना कार्यान्वयन हुने विनियोजित बजेटमा उल्लेख छ ।

    गण्डकीको बजेटमा स्याङ्जा जिल्लाका लागि ९६ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन बजेटले त्यहाँका विभिन्न १०९ योजना कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।

    त्यस्तै, अर्थमन्त्री डा. टकराज गुरुङको गृहजिल्ला लमजुङमा ८२ वटा योजनाका लागि ९० करोड ५४ लाख, तनहुँमा ९४ वटा योजनाका लागि ८६ करोड २५ लाख २४ हजार, बागलुङमा ९४ वटा योजनाका लागि ७८ करोड ६४ लाख, म्याग्दीमा विभिन्न ३२ वटा योजनाका लागि ६० करोड ८९ लाख १८ हजार र नवलपुरमा ७० योजनाका लागि ५८ करोड ९० लाख ४८ हजार र पर्वतमा ६३ वटा योजनाका लागि ५७ करोड २२ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

    शक्तिशाली नेता र मन्त्रीको गृहजिल्लामा गण्डकीको बजेट केन्द्रित भएपछि विपक्षी दलहरू मात्र होइन सत्तारुढ दलकै केही सांसद रुष्ट छन् । माओवादीले बजेटमा विभेद गरेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो, तर अर्थमन्त्री डा. टकराज गुरुङले सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि सदनको अवरोध हटेको थियो ।

    नेपाली कांग्रेसका प्रदेशसभा सदस्य डिल्ली सुवेदी, दीपेन्द्रबहादुर थापालगायतका सत्तारुढ दलका सांसदहरूले बजेटमाथिको छलफलमा भाग लिने क्रममा विभेदपूर्ण तरिकाले बजेट आएको आरोप लगाएका थिए । बागलुङका प्रदेशसभा सदस्यहरू त झन् बजेटमाथिको छलफलमै सहभागी भएनन् । बागलुङलाई कम बजेट दिएकोमा उनीहरूको असन्तुष्टि छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, असार १३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.