काठमाडौं । साताकाे पाँचाैं दिन आज पनि नेपाली बजारमा सुन र चाँदीको भाउ बढेकाे छ ।
केही दिनदेखी लगातार रुपमा घटेकाे सुन बिहीबार भने ताेलामा ३०० रुपैयाँले बढेर १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सुन ताेलाकाे १ लाख ९२ हजारमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी हिजाे बुधबार चाँदी ताेलाकाे २ हजार १४० रुपैयाँमा काराेबार भएकाेमा बिहीबार भने ताेलामा ३५ रुपैयाँले बढेर प्रतिताेला २ हजार १७५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएको छ ।



