प्रतिकात्मक तस्बिर
गाेरखा । ४ जना पिडितबाट ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरी गोरखा सौरपानीका १ जना यूवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीका २९ बर्षिय राजेश बराम भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टी गरेको हो ।
बरामले वैदेशिक रोजगारीमा आकर्षक तलवको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै ४ जनाबाट उक्त रकम लिएर सम्र्पक बिहीन भएको प्रहरीको आरोप रहेको छ ।
काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्दै आएका बरामलाई पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बरामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


