प्रतिकात्मक तस्बिर
गोरखा । आफैले पढाउने बिद्यार्थीलाई यौन दुराचार गरेको आरोपमा प्रहरीले १ जना शिक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्ला महागढीमाई नगरपालिका–१ स्थायी घरभई गोरखा जिल्लाको एक आधारभुत विद्यालयमा अध्यापनरत शिक्षक वर्ष ३४ को बिजय कुमार गिरी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुबेदीले जानकारी दिए ।
पक्राउ परेका गिरीले पिडित बालिकालाई बिगत करिब १ बर्ष अगाडी देखी पटक पटक र अन्तिम पटक मिति २०८१–१२–०९ गते यौनको आशयले निजको संवेदनशिल अंगमा समात्ने, अस्वभाविक यौनजन्य क्रियाकलाप गर्ने, विद्यालय जाने बाटो ढुकी बसी यौन जन्य कार्य गर्ने, बिबाह गर्न दवाव दिने, डर धाक धम्की दिने लगायतको कार्य गरी बाल यौन दुरुपयोग गरेको आरोप लागेको हो ।
घटनामा पीडितको आमा मार्फत जाहेरी दरखास्त प्राप्त भए लगत्तै गिरीलाई असार ९ गते नियन्त्रणमा लिई असार १० गते निज विरुद्ध बालयौन दुरुपयोग कसूर शिर्षकमा मुद्दा दर्ता गरीएको पनि सूचना अधिकारी सुबेदीले बताए ।
ओरोपी बिरुद्व गोरखा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


