काठमाडौं । साताकाे चाैंथाे दिन आज पनि नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ ।
मंगलबार तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन बुधबार ताेलामा १ हजार ५०० रुपैयाँले घटेर ताेलाकाे १ लाख ९२ हजारमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी हिजाे मंगलबार तोलाकाे २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ताेलामा २० रुपैयाँले घटेर २ हजार १४० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएको छ ।




