गोरखा । गोरखाको पालुङटार नगरपालिकामा आज बिहान फेला परेको शव स्थानिय १ जना बृद्व महिलाको भएको पुष्टी भएको छ ।
उक्त शव पालुङटार नगरपालिका–७ को कालामाटा घर भएकी ७३ बर्षिया जौ मायाँ सार्कीको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार सार्कीको शव आज बिहान च्याङली स्थित प्याउदी खोलामा मृत अवस्थामा फेला परेको थियो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा जौ मायाँ खेतमा पानी लगाउन गएको बेला लडेर खोलामा ढुवेर ज्यान गएको अनुमान गरिएको छ ।
हिजो घरबाट निस्किएकी जौ मायाँ नफर्किएपछी स्थानिय र आफन्तले खोजी सुरु गरेका थिए । आज बिहान प्रहरीलाई जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाँटी पोखरीको टोलीले खोज बिन गर्दा उनको मृत शरिर फेला परेको हो ।
जौ मायाँको शव मंगलबार बिहान ७ः१५ बजे प्याउदी खोलामा फेला परेको सूचना अधिकारी सुवेदीले बताए ।
जौ मायाँको शव आजै पोष्टमार्टम गरेर कानूनी प्रकृया पुरा गरी आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको पनि जनाएको छ ।


