काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन आज सुनको भाउ घटेको छ ।
सोमबार सुन तोलाको १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा तोलामा १ हजार ७०० सय रुपैयाँले घटेर तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी गएको सोमबार तोलामा १० रुपैयाँले बढेर प्रति तोला २ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले घटेर तोलाका २ हजार १६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



