काठमाडौं । नेपाली बजारमा साताकाे पहिलाे दिन आज सुनकाे भाउ स्थिर रहेकाे छ ।
आइतबार सुन आज १ लाख ९५ हजार २०० रुपैयाँमा काराेबार भएकाेमा साेही मूल्यमा साेमबार पनि काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तैगरी गएकाे आइतबार चाँदी ताेलाकाे २ हजार १६० रुपैयाँमा काराेबार भएकाेमा साेमबार ताेलामा १० रुपैयाँले बढेर प्रति ताेला २ हजार १७० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।




