राजुलामा/कतार । गोरखा सेवा समाज कतारले श्रमिक काउन्सेलर सीता दुवाडीलाई सम्मान गरेको छ ।
गोरखाको सहिद लखन गाँउपालिकाकी दुवाडी नेपाली राजदुतावास दोहा कतारमा कार्यरत श्रमिक काउन्सेलरमा नियुत्त भएर हालै कार्य क्षेत्रमा खटिएकी हुन् ।
कर्नेश स्थित सामुन्द्रिक तटीय क्षेत्रमा डुङ्गामा औपचारिक कार्यक्रमा समाजका अध्यक्ष बिकास श्रेष्ठ सहितको टोलीले दुवाडीलाई स्वागत तथा सम्मान गरेको हो ।
दुवाडीलाई गोरखा सेवा समाज कतारको प्रमुख संरक्षक श्रीकृष्ण भट्टराई, संरक्षकहरु बुधबल गुरुङ, राकेश श्रेष्ठ र संस्थाकै प्रमुख सल्लाहकार ओमराज गुरुङले दोसल्ला, खादा र सम्मान पत्रले सम्मान गरिएको समाजका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
सम्मान कार्यक्रममा बोल्दै काउन्सेर दुवाडीले आफू एक गोर्खालीकी चेली भएको नाताले सम्मान गरेकोमा खुशी ब्यत्त गरे । ‘जिल्लाको विभिन्न स्थानबाट परदेशमा रोजगारी गर्न आएर व्यस्त समयका बावजुद पनि सम्मान गरिदिनु भयो खुशी लाग्यो’ उनले भनिन् ।
उनले उक्त अवसरमा ‘अहिले आफु आफ्नै जिल्ला र ओल्लो पल्लो गाउँघरमा पुगिरहेको अनुभवन भएको’ बताए ।
कार्यक्रममा बोल्दै उनले रोजगारीको सिलसिलामा पर्ने कुनै अप्ठ्यारा परेको खण्डमा बिना हिच्किचाहट सम्र्पक गर्न समेत आब्हान गरिन । उनले सम्मान गर्ने आयोजक संस्था प्रति धन्यवाद व्यक्त गरिन् ।
कतारमा नेपालको विभिन्न स्थानबाट गएका ३ लाख ५० हजार भन्दा बढी नेपाली श्रमिकहरुका छन् ।


